काठमाडौं । ‘गुँला’ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ । नेवार समुदायको परम्परागत एवं धार्मिक पर्वका रुपमा यसलाई चिनिन्छ । बौद्ध परम्परासँग विशेष सम्बन्ध रहेको यो पर्व एक महिनासम्म हुन्छ ।
पर्वको अवसरमा विशेष गरी स्वयम्भूनाथ लगायतका विभिन्न बौद्ध चैत्य तथा विहारहरूमा बिहानैदेखि भक्तजनहरूको चहलपहल बढ्ने गर्दछ । यस महिनाभरि श्रद्धालुहरू बिहान सबेरै उठेर धाः बाजा, बाँसुरी र अन्य परम्परागत बाजागाजासहित धार्मिक स्थलहरूको दर्शन तथा पूजा–आराधना गर्ने गर्छन् ।
गुँला पर्वको समयलाई साधना, दान र पुण्यकर्मका लागि विशेष महत्वपूर्ण अवधिको रूपमा लिइन्छ । यस पर्वको अर्को मौलिक पक्ष भनेको राँगोको सिङबाट बनाइएको विशेष बाजा (न्यकू) फुक्ने परम्परा हो ।
यो बाजा विशेष गरी दिवंगत पितृहरूको सम्झनामा र उनीहरूको आत्माको चीरशान्ति एवं मोक्ष प्राप्तिको कामना गर्दै बजाउने प्रचलन रहेको छ । (




प्रतिक्रिया