काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिनापछि स्वदेश फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले भव्य स्वागत गरे ।
देउवाको स्वागतका लागि इतर पक्षका नेतार्काकर्ताहरुको बाक्लो उपस्थिति थियो । उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको थियो।
विमानस्थलमा स्वागत पश्चात देउवालाई कारमा राखेर कार्यकर्ताले स्कर्टिङ गर्दै महाराजगञ्जस्थित उनको अस्थाइ निवासतिर लगेका छन् ।
देउवा शुक्रबार सुकेधारास्थित पार्टी प्यालेसमा आयोजना हुन लागेको संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ ।
गत फागुन १३ मा पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीबार नेपाल फर्किएका हुन् । उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए ।




प्रतिक्रिया