जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ: प्रेस काउन्सिलकाे गम्भीर ध्यानाकर्षण 


काठमाडौँ । नेपाल प्रेस काउन्सिल नेपालले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै श्रेष्ठको निजी निवास खानतलासी भएको र आज बिहानै उक्त सञ्चार माध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो।

‘श्रेष्ठलाई २०८३ साउन २७ गते बुधबार राति पकाउ गरी उहाँको निजी निवास खानतलासी भएको र आज बिहानै उक्त सञ्चार माध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले आफ्नो क्षेत्राधिकारभित्र रहेर दुवै दृष्टिकोणबाट पत्रकार र सञ्चारमाध्यमको अनुगमन गर्दै आएको विषयलाई मध्यनजर गरी कुनै समाचारको विषयमा चित्त नबुझे उजुरी दिन सरोकारवाला सबै पक्षमा  अनुरोध गरेकाे छ।