स्वदेश फर्किएलगत्तै देउवाले भने-‘हामी देखाउँछौँ, राजाले सकेनन् अरुले सक्छ यहाँ ?’


काठमाडौं । स्वदेश फर्किएलगत्तै नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले बालेन नेतृत्वको सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

विमानस्थलबाट स्कर्टिङ गर्दै निवाससम्म पुर्याएका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले सरकारले सम्पत्ति शुद्धीकरण आयोग लगाएर पटक–पटक मुद्दा चलाउन खोजिएको बताए । ‘एकपल्ट सम्पत्ति शुद्धीकरण आयो । केही पनि छैन भन्यो । दोस्रोपल्ट आयो, केही छैन भन्यो । उसलाई निकालिदियो,’ उनले भने, ‘यतिसम्म बदमासी काम गरेको छ । तर, म बड्ता कुरा गर्नेवाला छैन ।’

उनले अदालतप्रति आफूलाई पूरा विश्वास रहेको बताए । ‘पूर्वराजा ज्ञानेन्द्रको शाही आयोगको खिलाफमा पनि मुद्दा लडेको हुँ । उनले भने ,‘शाही आयोगले पनि जेलमा पठाएको हो । अहिले यहाँको अदालतले पनि शेरबहादुर र आरजूलाई पक्राउ नगर्नू भन्यो । सम्पत्ति शुद्धीकरणले केही छैन भन्यो । यो देशमा जनता, अदालत छ । हामीले देखाउँछौँ । राजा ज्ञानेन्द्रले सकेनन् अरुले सक्छ यहाँ ?’