जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई हतकडीसहित पुर्‍याइयो अदालत


काठमाडौं। जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ । उनलाई बुधबार साँझ उनकै निवासबाट पक्राउ गरिएके थियो ।

उनलाई वैयत्तिक गोपनीयताको हनन् सम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

श्रेष्ठको निवासमा राति र आज बिहान जनआस्थाको कार्यालयमा खानतलासी गरेर प्रहरीले ल्यापटप, कम्प्युुटरलगायतका सामान लगेको छ ।

Skip This