सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर


काठमाडौं । सुविसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ ।

सुविसु लिमिटेडका सीईओ विनय मोहन साउद र र सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले एनपीएलको आगामी सिजनका लागि सहकार्य गर्न सम्झौतामा हस्ताक्षर गरेको हो । सहकार्यसँगै टोलीको डिजिटल कनेक्टिभिटी तथा इन्टरनेट आवश्यकतामा सुबिसुले साझेदारी गर्नेछ ।

सुविसु लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभवलाई जोड्ने उद्देश्यले सहकार्य गरिएको बताए । ‘यस सहकार्यबाट हामी खेलकुदको उत्साहसँगै भरपर्दो र गुणस्तरीय इन्टरनेट अनुभवलाई अझ नजिकबाट जोड्ने प्रयास गर्नेछौँ। नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा सुबिसुको निरन्तर प्रतिबद्धता रहनेछ,’ साउदले भने ।

सुविसु लिमिटेडका अध्यक्ष सुरेन्द्रबहादुर श्रेष्ठले एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याइरहेको बताए । उनले भने ,‘एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याइरहेको छ। सुदूरपश्चिम रोयल्ससँगको यो सहकार्य सुबिसुको खेलकुदप्रतिको निरन्तर प्रतिबद्धता हो। नेपाली खेलकुदको विकासमा हाम्रो सहकार्य आगामी दिनमा पनि जारी रहनेछ ।’

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सुविसुसँगको सहकार्यले टोलीको व्यावसायिक र डिजिटल पक्षलाई थप मजबुत बनाउने बताए ।

सुविसुसँगको सहकार्यलाई हामीले केवल व्यावसायिक साझेदारीका रूपमा मात्र हेरेका छैनौं । नेपाली क्रिकेट र विशेषगरी सुदूरपश्चिम रोयल्सको यात्रामा प्रविधि र डिजिटल कनेक्टिभिटीको भूमिका महत्वपूर्ण छ । सुविसुसँगको सहकार्यले हाम्रा समर्थक र टोलीबीचको सम्बन्धलाई अझ नजिक बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ,’ खड्काले भने ।

सुदूरपश्चिम रोयल्सले आगामी एनपीएल सिजनका लागि टोली निर्माणलाई तीव्रता दिइरहेको छ । टोलीले यसअघि इंग्ल्यान्डका अलराउन्डर सेफ अली जैबलाई पहिलो विदेशी खेलाडीका रूपमा पुनः अनुबन्ध गरिसकेको छ ।