काठमाडौं, साउन २८ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले देशभर सरकारी कर्मचारीहरुको हुर्मत लिइरहेको भन्दै आपत्ति जनाएका छन् । बिहीबार सामाजिक संंजालमार्फत सांसद सिंहले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘देशैभरको सार्वजनिक संस्था, सरकारी निकायमाथि हस्तक्षेप, सेना प्रहरी र कर्मचारीको हुर्मत लिने काम भैरहेको छ । सांसदहरुको वक्तव्य यस्तो कि समानित संसदकै बेइज्जती भैरहेको छ । व्यापारीहरुको धरपकडले व्यापारीहरु त्रसित छन् । परराष्ट्र नीति त झन्न यस्तो कि कसैले विश्वास गरिरहेको छैन (Trust deficit)। के समृद्धि र सुशासनको रोडम्याप यही हो ? कि राज्यलाई अझै पछाडि धकेल्ने काम भैरहेको छ ? सोच्ने बेला भएको छैन ?’
बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी प्रमुख लगायतमाथि अशोभनीय टिप्पणी गरेका थिए । त्यस्तै गत साता रास्वपाका अर्का सांसद राजु पाण्डे सैनिक अधिकृतमाथि खनिएका थिए ।




प्रतिक्रिया