बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री बानियाँले सोमबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाउन संसद सचिवालयमा पत्राचार गरेका छन्।

सरकारमा सहभागी नेकपा एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका थिए।

Skip This