मकवानपुर । बागमती प्रदेशसभा बैठक भदौ १ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालय हेटौँडाले शुक्रबार एक सूचना जारी गर्दै प्रदेशसभाको बैठक भदौ १ गते दिउँसो १ बजेका लागि आह्वान गरेको हो ।
सचिवालयका प्रवक्ता प्रकाश चापागाईँका अनुसार उक्त बैठकमा प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको उक्त बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको उनले बताए ।
नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री बानियाँले विश्वासको मतको प्रस्ताव पेस गर्न लागेको उनले बताए ।





प्रतिक्रिया