काठमाडौं । नेपाली कांग्रेसका रामेछापका नेता पूर्णबहादुर तामाङ(कान्छाराम)ले चुनदेवीस्थित सम्पर्क कार्यालयमा कसैलाई नसोधिकन शेरबहादुर देउवालाई सभापति भनेर आफूले बोर्ड राखेको बताएका छन् ।
शुक्रबारबाट सुरु भएको कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘चुनदेवीमा सम्पर्क कार्यालय खोलेको मैले खोलेको हो । हिजो शेरबहादुर दाइ पनि जानुभयो । त्यहाँ मैले सभापतिको बोर्ड पनि कसैलाई नसोधिकन राखेको हो,’ उनले भने ।
त्यसअघि संयोजक डा. शशांक कोइरालाले देउवा पहिलो पटक जाँदा बीपीले शेरबहादुरलाई घुमाइदे भनेपछि एकैदिनमा ३ वटा सिनेमा हेराएको स्मरण गरेका थिए ।
उक्त स्मरणसँग जाड्दै कान्छारामले गगन थापालाई फ्लिम देखाइदिन आग्रह गरेका हुन् ।
‘आज सशांक कोइरालाले ऐतिहासिक कुराहरु भन्दिनुभयो, उहाँको बुवा (बीपी) ले फ्लिम हेराइदिने कुरा गर्नुभयो, अब शेरबहादुर दाईले अरुलाई फ्लिम नहेराएपनि गगन थापालाई राम्रो हलमा लगेर फ्लिम हेराइदिनुहोला भन्ने आग्रह गर्दछु,’ उनले भने ।




प्रतिक्रिया