देउवाको आगमनले काङ्ग्रेस एकताबद्ध हुन्छ: रमेश लेखक


काठमाडौँ । नेपाली काङ्ग्रेसभित्रको साङ्गठनिक सङ्कट र सम्भावित विभाजनको सङ्घारबिच नेता रमेश लेखकले सभापति शेरबहादुर देउवाको स्वदेश फिर्तासँगै पार्टी पुनः एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन्। इतर पक्षद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टीको वर्तमान गतिरोध अन्त गर्न शीर्ष नेतृत्वको उपस्थिति अपरिहार्य रहेको बताए।

विशेष महाधिवेशनले पार्टीलाई एकतातिर नभई विग्रह र विभाजनको दिशामा धकेलेको टिप्पणी गरे।

नेता लेखकले भने, “विशेष महाधिवेशन हुनुअघि नै नेताहरूलाई एक ठाउँमा ल्याउन अथक प्रयत्न भएका थिए, तर दुर्भाग्यवश हामीले त्यसको सकारात्मक परिणाम दिन सकेनौँ। विशेष महाधिवेशन रोक्न नसक्नुमा कहीँ न कहीँ धोका र कहीँ कमजोरी अवश्य भयो।”

विशेष महाधिवेशनका कारण सिर्जित जटिलताले पार्टीलाई विभाजनको सङ्घारमा पुर्‍याएको उल्लेख गर्दै उनले अबको निकास दुवै पक्षको अस्तित्वलाई स्वीकार गर्नुमा रहेको बताए। १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनको समितिलाई समायोजन (मर्ज) गरेर अघि बढे मात्र काङ्ग्रेसभित्रको आन्तरिक विवाद साम्य भई पार्टी एक ढिक्का हुन सक्ने दाबी उनको थियो।

Skip This