काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि ल्याइएका मोरङका ४५ वर्षीय डोलबहादुर थापाको मृत्यु भएको छ।
नियमित डायलासीस गराउँदै आएका थापालाई स्ट्रोक (मस्तिष्कघात) को समस्या देखिएपछि शिक्षण अस्पताल ल्याइएकोमा अस्पतालमा बेड खाली नभएपछि उपचार पाउन सकेका थिएनन्।
चिकित्सकले बेड व्यवस्थापनका लागि केही समय लाग्ने बताएका थिए । बेड नपाएपछि आफन्तले बिरामीलाई अर्को अस्पताल लैजान खोज्दा एम्बुलेन्समै उनको मृत्यु भएको हो।
समयमै उपचार नपाएर बिरामीको ज्यान गएको भन्दै आक्रोशित आफन्तले अस्पताल प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका छन्।




प्रतिक्रिया