१५औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा हुन्छ: विमलेन्द्र निधि


काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले १५औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा हुने बताएका छन् । शुक्रबार इतर पक्षको राष्ट्रिय भेलामा बोल्दै निधिले यस्तो बताएका हुन् ।

‘१४औँ बाट जो सभापति बनेको छ, जो कार्यसमिति बनेको छ, त्यसलाई मात्र १५औँ महाधिवेशन गर्ने अधिकार छ । फर्केर जाँदा त्यही सन्देश लिएर जानुहोस्,’ निधिले भने ।

विशेष महाधिवेशन अराजक, अवैध, धोकाधडी, कब्जा गरेर भएको उनको आरोप छ । यो समितिलाई, पदाधिकारीलाई १५औँ महाधिवेशन गर्ने अधिकार नै नभएको निधिले बताए ।

Skip This