विशेष महाधिवेशन विधिसम्मत र पार्टीको विधानसम्मत भएको होइन : प्रकाशमान सिंह


काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको विशेष महाधिवेशन विधानसम्मत नरहेको बताएका छन् ।

काठमाडौँमा इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

सिंहले भने, ‘विशेष महाधिवेशन विधिसम्मत र पार्टीको विधानसम्मत भएको होइन। पार्टीलाई विधिसम्मत र नियमसम्मत तरिकाले अगाडि बढाउनु अहिलेको मुख्य आवश्यकता हो।’

उनले विशेष महाधिवेशन र नियमित महाधिवेशनको पक्षधरमा पार्टी विभाजित हुनु दुःखद भएको बताए ।

नेता सिंहले पार्टीको वैधानिक निरन्तरताका लागि १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले नै आगामी १५ औँ महाधिवेशन सम्पन्न गराउनुपर्ने धारणा राखे ।

नेपाली कांग्रेस इतिहासमा धेरै कठिन परीक्षाहरूबाट सफल भइसकेको पार्टी भएको स्मरण गर्दै सिंहले अब पार्टीलाई सही मार्गमा हिँडाउन सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

Skip This