काठमाडौँ । नेपाली कांग्रेसका नेता ले पार्टी अहिले गम्भीर सङ्कटबाट गुज्रिरहेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा डा. कोइरालाले यस्तो बताएका हुन् ।
‘‘कांग्रेस अहिले विभाजित मानसिकताबाट गुज्रिरहेको छ। हामीले पार्टीलाई एक ढिक्का बनाएर लैजान धेरै प्रयास गरेका थियौँ, तर ती प्रयासहरू हाललाई विफल भएका छन्,’ उनले भने ।
विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी कानुनी लडाइँको प्रसङ्ग निकाल्दै उनले भने, ‘सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएको छ। हामीलाई विश्वास छ, सर्वोच्चले न्याय दिनेछ। अदालतको फैसलापछि हामी कांग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढाउँछौँ।’
कोइरालाले कांग्रेस एक भए मात्र अन्य दलहरूसँग सार्थक सहमति र सहकार्य सम्भव हुने बताए ।




प्रतिक्रिया