काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले कांग्रेसले विगतमा केही गरेन भन्ने भाष्य गलत भएको बताएका छन् ।
पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएलगत्तै काठमाडौँमा शुक्रबार आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
‘नेपाली कांग्रेसले के गर्यो भन्ने बुझ्न २००७ साल अघिको अवस्था हेर्नुपर्छ । २००७, २०३६, २०४६ र २०६२र०६३ का सबै परिवर्तनगामी आन्दोलन कांग्रेसकै नेतृत्वमा भएका हुन्। इतिहासबाट पाठ सिकेर मात्र सही मार्ग पहिल्याउन सकिन्छ,’ उनले भने ।
त्यस्तै विशेष महाधिवेशनले पार्टीलाई क्षति पुर्याएको दउवाले दाबी गरे ।‘विशेष महाधिवेशनका नाममा विधि विधान मिच्ने काम भएको छ, जसले पार्टीलाई कमजोर बनाएको छ,’ उनले भने, ‘यस विषयमा सर्वोच्च अदालतबाट न्याय मिल्नेछ भन्नेमा म विश्वस्त छु।’




प्रतिक्रिया