काठमाडौं, आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती नविना खत्री कार्कीको उपस्थितिमा आसरा सुधार केन्द्र रानीबारीको २८औं वार्षिक साधारण सभा सोही केन्द्रमा शुक्रबार आयोजित कार्यक्रमबीच सम्पन्न भएको छ ।
सो अवसरमा केन्द्रकी अध्यक्ष कार्कीले केन्द्रले स्थापनाकाल देखि नै लागूऔषधको कुलतमा फसेका लागूऔषध प्रयोगकर्तालाई आवासीय उपचार, परामर्श, ज्ञानसिपको विकास जस्ता सेवाहरू प्रदान गर्नुका साथसाथै विविध आपराधिक गतिविधिलाई समेत न्यूनीकरण गर्ने कार्यमा सहजीकरणको भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । सुशासन, पारदर्शिता, वित्तीय अनुशासन र संस्थागत उत्तरदायित्व यस केन्द्रको प्रमुख आधारभूत मूल्य र मान्यता भएको उल्लेख गर्दै केन्द्रलाई अझ प्रभावकारी, विश्वासिलो, पारदर्शी र नमुना केन्द्रका रूपमा स्थापित गर्न सबै सरोकारवाला निकायको निरन्तर साथ, सहयोग, सुझाव आवश्यक रहेको उहाँले बताउनुभयो ।
केन्द्रकी सचिव रोजी तुलाधर अधिकारीले आ.व. २०८२/८३ को वार्षिक कार्य प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा केन्द्रकी कोषाध्यक्ष ममता दाहालले आ.व. २०८२/०८३ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक डा. गोपेश कुमार ठाकुर, आसरा सुधार केन्द्रका कार्यकारिणी समितिका पदाधिकारीहरू, केन्द्रका सल्लाहकारहरू लगायत प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।




प्रतिक्रिया