काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरी पुगेको छ ।
भक्तपुरको निकोसेरास्थित प्रसाईंको घरमा प्रहरी पुगेको हो ।
लघुवित्त तथा सहकारी पीडितहरूको आन्दोलनमा प्रसाईं सहभागी हुने भनेपछि घरमै रोक्न नेपाल प्रहरीको टोली प्रसाईं निवास पुगेको स्रोतले बतायो।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको अगुवाइमा मधेसका विभिन्न जिल्लाबाट २३ दिन पैदल यात्रा गर्दै लघुवित्त तथा सहकारी पीडितहरू काठमाडौँ आइपुगेका छन् ।
उनीहरूले शुक्रबार राति राष्ट्रिय मानव अधिकार आयोगको सडकमा सुतेर धर्ना दिएका थिए । आफ्ना माग पूरा नभएसम्म र सरकारको तर्फबाट वार्ताका लागि कोही नआएसम्म आन्दोलन स्थलबाट नहट्ने अडान लिँदै उनीहरूले आयोगको गेट अगाडि सडकमा रात बिताएका थिए । उनीहरूले आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गरिरहेका छन्।




प्रतिक्रिया