अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ


कास्की, पोखरा महानगरपालिका-१ सिम्पानीबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ सय २० ट्याब्लेट सहित सोही महानगरपालिका-१९ लामाचौर बस्ने २५ वर्षीय सन्दिप गुरूङ समेत ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा पोखरा महानगरपालिका-१ सिम्पानी बस्ने २१ वर्षीय लुकास तामाङले सोही महानगरपालिका-२५ हेम्जास्थित डेरा कोठामा लागूऔषध राखेको भन्ने खुल्न आए पश्चात उनको कोठा तलासी गर्दा नियन्त्रित लागूऔषध टापेन्टाडोल ८ सय ट्याब्लेट फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

मोरङ, सुन्दरहरैँचा नगरपालिका-५ खोक्सीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय प्रसान्त मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी मोरङ, लेटाङ नगरपालिका-३ विरनटोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

यसैगरी मोरङ, कानेपोखरी गाउँपालिका-६ नर्सरी डाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित सोही गाउँपालिका-४ बस्ने २४ वर्षीय निमेस घिमिरेलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, इटहरी उपमहानगरपालिका-१० शिवनारायण टोल बस्ने ४१ वर्षीय मोहन गुरूङ समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ५० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले मोहनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

बर्दिया, बढैयाताल गाउँपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन करिब ३ सय ४९ ग्राम ३ सय ६० मिलिग्राम   सहित बढैयाताल गाउँपालिका-२ बस्ने ५२ वर्षीय दिवे सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ । 

धनुषा, विदेह नगरपालिका-८ बफैबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३९ ग्राम ३ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय उमेश मण्डललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

झापा, बिर्तामोड नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने ४० वर्षीय सन्तोष राजबंशीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले प्र.१-०१-००२ ह ७८६६ नम्बरको सिटि सफारीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

ललितपुर, ललितपुर महानगरपालिका-२९ हरीसिद्दी गुमथचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र अवैध लागूऔषध पोलेन ४ ग्राम सहित सोही ठाउँ बस्ने महोत्तरी बर्दिबास नगरपालिका-२ घर भएका २५ वर्षीय सुरज तामाङ समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग हरीसिद्दीबाट खटिएको प्रहरीले ना.३३ प ६४५४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-३ ईमाडोलबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ७ सय १० ट्याब्लेट र प्रेगाब्लिन २४ ट्याब्लेट सहित सोही ठाउँ बस्ने बाजुरा घर भएका २९ वर्षीय खगेन्द्र बहादुर राउतलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने २० वर्षीय क्रिस बम समेत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

तनहुँ, ब्यास नगरपालिका-९ माझफाँट बस्ने ३० वर्षीय मनोज थापा समेत २ जनालाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ५० ग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले मनोजको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

उदयपुर, कटारी नगरपालिका-३ बाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ६१ ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने १९ वर्षीय सलम खान समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको  प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Skip This