एमाले अध्यक्ष केपी ओली भन्छन्- देश बर्बाद हुन लाग्याे


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद हुन लागेको बताएका छन् ।

शनिबार इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बर्बाद हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

उनले उरन्ठेउला केटाहरूका कारण देश बर्बादीतिर जान लागेको टिप्पणी गरे ।

‘जानेकाले गर्ने ठाउँमा यस्ता उरन्ठेउला केटाहरू.. । यसो अहिलेका माननीय भनेका केही नाम यसो सम्झिनुस् त, कस्ता छन् ? ओहो । त्यो भन्दा बढी नभनु,’ ओलीले भने, ‘देश बर्बाद हुँदैछ । एउटा त संविधान मिचियो, संविधानलाई बाटोमा फर्काउनुछ हामीले ।’

Skip This