काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवाहरूलाई समाज बुझ्न र जनता सुन्न आग्रह गरेकी छन् ।
‘मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरम’ ले थालेको अन्तरक्रियालाई शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले युवाहरूलाई यस्तो आग्रह गरेकी हुन् ।
‘राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषय मात्र होइन । समाजलाई बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा आफ्नो भूमिका खोज्ने र देशको विकास तथा परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रिया हो,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।
युवाहरूलाई विचार निर्माणको क्षेत्रमा सहभागी बन्न प्रोत्साहित गर्ने क्रममा पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको शक्तिबारे समेत धारणा राखिन् ।




प्रतिक्रिया