पार्टीभित्र अराजक गतिविधि नगर्न ओलीकाे चेतावनी


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पुनर्गठनको वकालत गर्नेहरूप्रति कडा आक्रोश व्यक्त गरेका छन् ।

आज झापा एमालेले गरेको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन गर्दै ओलीले अध्यक्ष फेर्ने भन्दै अराजक गतिविधि नगर्न चेतावनी दिएका हुन् ।

‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने ? पार्टीमा यस्तो शैली सह्य हुँदैन,’ ओलीले भने ।

एमाले अहिले पुनर्गठनको अवस्थामा नरहेको उनले बताए । ‘आज पुनर्गठन होइन, पुनर्जागरणको अवस्थामा छौं,’ ओलीले भने ।

पार्टीलाई भोट नहाल्ने सदस्यको नवीकरण नगर्नसमेत उनले निर्देशन दिए । ‘सदस्यको नवीकरण गर्नुस्, गैर सदस्यको होइन,’ उनले भने ।