जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ


कपिलवस्तु, कृष्णनगर नगरपालिका-३ बस्ने ३२ वर्षीय बिनोद हेलाको घरमा जुवातास खेलिरहेको अवस्थामा बिनोद समेत १५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ७५ हजार रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-८ बोडे डायमण्ड चोकस्थित सिन्धुपाल्चोक घर भएका ४६ वर्षीय ढकल बहादुर तामाङको डेरा कोठामा जुवातास खेलिरहेको अवस्थामा ढकल बहादुर समेत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ५४ हजार रूपैयाँ र २५ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।