जनकवि दुर्गालाल श्रेष्ठको निधन


काठमाडौँ । जनकवि दुर्गालाल श्रेष्ठको निधन भएको छ।

पछिल्लो समय बिरामी रहेका श्रेष्ठको आइतबार राति ९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो।

श्रेष्ठ पछिल्लो छ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय थिए। उनले नेपाल भाषाका साथै नेपाली भाषामा पनि कविता, गीतलगायत विभिन्न साहित्यिक विधामा कलम चलाएका थिए।

नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि श्रेष्ठलाई ‘जनकवि’को उपाधिबाट सम्मान गरेको थियो।

नेपाल भाषामा श्रेष्ठका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन्।