संसद्‌मा ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पेस


काठमाडौँ। सरकारले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सङ्घीय संसद्को प्रतिनिधि सभामा पेस गरेको छ।

सभाको सोमबारको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले उक्त विधेयक सभामा प्रस्तुत गरेकी हुन्।

विधेयक प्रस्तुत गर्दै मन्त्री बादीले बाल न्याय प्रणालीमा बालबालिकाको सर्वोत्तम हित र कानुनी विवादमा परेका बालबालिकाको संरक्षण प्रणालीलाई सुदृढ एवं संस्थागत गर्न विधेयक ल्याइएको बताएकी छन्।