रास्वपा सरकार ५ वर्ष चल्नुपर्छ : गगन थापा


काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेतृत्वको वर्तमान सरकारले पूरा ५ वर्ष कार्यकाल चलाउनुपर्ने बताएका छन् ।

पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा आज बोल्दै सभापति थापाले यस्तो बताएका हुन् ।

थापा रास्वपालाई कांग्रेसको प्रतिद्वन्द्वीका रूपमा हेर्न नहुने बताए । ‘रास्वपा कांग्रेसको प्रतिद्वन्द्वी होइन, हामी केवल राजनीतिक प्रतिस्पर्धी हौँ,’ उनले भने, ‘हामी प्रतिपक्षी दलको हैसियतमा छौँ, तर अरूको आन्तरिक मामिलामा केही गर्दैनौँ ।’

सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै थापाले मुलुकमा शासकीय अराजकता देखिएको बताए । सरकारलाई कानुनअनुसार चल्न सुझाव दिँदै उनले भने, सरकार कानुनअनुसार चले सहज तरिकाले अगाडि बढ्छ, तर यदि कानुनलाई आफूअनुरूप चलाउन खोजियो भने सरकार खाडलमा जाने पक्का छ ।’