बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-३, सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
बुधबार बिहान पाल्पातर्फबाट सुरुङमार्ग प्रवेश गर्ने बिन्दुबाट करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
पहिरो झर्न रोकिएपछि सडक खुलाउन डोजर प्रयोग गरेर काम थालिएको तर एक दुई घण्टा समय लाग्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
सिद्धबाबा क्षेत्रमा पहिरोको उच्च जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।




प्रतिक्रिया