काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यस वर्षको मानव अधिकार पुरस्कारका लागि योग्य व्यक्ति र संस्थाको सिफारिस आह्वान गरेको छ।
मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने एक जना व्यक्ति र एउटा संस्थालाई पुरस्कृत गर्नका लागि सिफारिस माग गरेको हो।
पुरस्कारका लागि इच्छुक व्यक्ति वा संस्थाले ‘मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५’ र ‘मानव अधिकार पुरस्कार वितरण कार्यविधि, २०७८’ बमोजिम आवश्यक कागजात संलग्न गरी सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र सिफारिस पठाउनुपर्नेछ। सिफारिस गर्दा कार्यविधिको अनुसूचीमा उल्लेखित ढाँचामा विवरण भरेर सिधै मन्त्रालयमा वा मन्त्रालयको इमेल [email protected] मा पठाउन सकिने सूचनामा उल्लेख छ।





प्रतिक्रिया