सभापति लामिछानेसँग पार्टीका सांसद र मन्त्रीहरूको छलफल सुरु


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग पार्टीका सांसद र मन्त्रीहरूको छलफल सुरु भएको छ । संसदीय दलको कार्यालय सिंहदरबार छलफल सुरु भएको हो ।

सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल सम्बन्धमा मन्त्री र सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी भएको थियो ।

बैठकमा पछिल्ला गतिविधिको समीक्षा, संसदीय भूमिका, सरकारको काम लगायतबारे छलफल हुनेछन्।