काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी विश्ववन्धु पहाडीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
सैनिक मुख्यालय जंगी अड्डामा बुधबार एक कार्यक्रमको आयोजना गरी प्रधानसेनापति सिग्देलले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
प्रधानसेनापतिले सोही कार्यक्रममा प्राविधिक महासेनानी दर्जामा पदोन्नति भएकी प्रमुख सेनानी डा. ईन्दिरा आचार्यलाई समेत दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारजनको उपस्थिति थियो ।




प्रतिक्रिया