काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूसँग प्रधानमन्त्री बालेन शाहसँगको सम्बन्धमा कुनै समस्या नभएको बताएका छन् ।
बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । बेला बेलामा सम्बन्ध बिग्रिएको समाचार आउँदा आफूहरू अझै नजिक हुन पाएको उनले बताए । उनले भने ‘हामीमा कुनै समस्या छैन, कुनै कन्फ्युजन छैन ।’
उनलाई सञ्चारकर्मीले केही समय अघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘एक्लो’ भएको भन्दै दिएको अभिव्यक्तिबारे प्रश्न गरेका थिए । सो प्रश्नको जवाफका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री कवि र कलाकार पनि रहेको बताए ।




प्रतिक्रिया