मन्त्री फेर्ने तयारी छैन : रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रीहरू फेर्नेबारे कुनै छलफल नभएको बताएका छन् ।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री फेर्न लागेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै लामिछानेले भने, ‘विल्कुल छैन । कुनै पनि मन्त्रालय, मन्त्रीहरूले सय वटा काम गर्नुभएको छ भने एक दुई पाँच काममा प्रश्न आउनु स्वभाविक हो ।’