देशमा अहिले बालेन्द्रतन्त्र आएको छ : रामबहादुर थापा


काठमाडौं । एमाले संसदीय दलका नेता रामबहादुर थापाले सरकारको कार्यशैलाीलाई लिएर कडा टिप्पणी गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले सरकार नसच्चिए ठूलो परिवर्तनको आँधिबेहरी ल्याउने बताए ।

उनले २०१७ सालको महेन्द्रतन्त्र २०६१ सालको ज्ञानेन्द्रतन्त्र जस्तै खालको अहिले बालेन्द्रतन्त्र आएको आरोप लगाए ।

‘बालेन सरकारको स्वेच्छाचारी र अधिनायकवाद अध्यादेशबाट सुरू भयो । अधिनायकवादी शासकमा चरम महत्वाकांक्षा प्रकट भइरहेका छन्’ उनले भने ।

सरकारको विदेश नीति र राष्ट्रिय सुरक्षा रणनीतिमा खतरनाक विचलन देखापरेको उनकाे भनाइ थियाे ।

उनले भने, ‘हालै सरकारले टीओबी तथा पश्चिमी कूटनीतिज्ञहरूलाई दलाई लामाको जन्मोत्सव मनाउने बहानामा खुलेआम राजनीतिक चलखेल गर्न अनुमति दिएको छ। स्मरण रहोस्, गत भदौमा भएको सत्ता परिवर्तनमा स्वयं दलाई लामाले बधाई–शुभकामना दिएका थिए र भदौको विध्वंसमा टीओबीहरूले अग्रपङ्क्तिमा ताण्डव नृत्य प्रदर्शन गरेका थिए। उक्त घटनाप्रति चीन सरकारको गम्भीर चासो तथा चेतावनी व्यक्त भएको थियो।’