काठमाडौँ । नेकपाका नेता सरल सहयात्री पौडेल बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका छन् ।
सत्ता साझेदार दल नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको सहमतिअनुसार सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने भएको हो ।
बागमतीमा एमालेले मुख्यमन्त्रीसहित २ , नेकपाले २ र राप्रपाले ३ मन्त्रालय पाउने सहमति बुधबार भएको थियो ।
सिन्धुपाल्चोकको प्रतिनिधिसभा १ (२) बाट निर्वाचित पौडेलको नाम अर्थमन्त्रीको लागि टुंगिएको नेकपाका नेता रत्नप्रसाद ढकालले जानकारी दिए ।




प्रतिक्रिया