रास्वपाकाे ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गर्ने भनेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि प्रारम्भ हुने भएको छ ।

सरकारमा रहेका मन्त्रीलाई पार्टी कार्यालयमा उपस्थित गराउँदै नागरिक र नेता–कार्यकर्तासँग प्रत्यक्ष संवाद गराउने कार्यक्रम रहेको छ । यसका लागि आज रास्वपा उपसभापति समेत रहेका अर्थमन्त्री डा। स्वर्णिम वाग्ले पार्टी कार्यालय चमती जाँदै छन् ।

कार्यक्रम दुइ चरणमा हुने रास्वपाले जनाएको छ । पहिलो चरणमा आमनागरिकले आफ्ना गुनासा, समस्या, सुझाव तथा अपेक्षा प्रत्यक्ष रूपमा राख्न सक्नेछन् । त्यस्तै दोस्रो चरणमा मन्त्री, सांसद तथा केन्द्रीय नेतृत्वबीच नागरिकबाट प्राप्त सुझावसँगै समसामयिक तथा नीतिगत विषयमा छलफल गरिने रास्वपाले जनाएको छ ।