एनजीओलाई मात्रै दोष दिन मिल्दैन : सांसद रानामगर


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले गैरसरकारी संस्था (एनजीओ) लाई दोष दिनुभन्दा सरकारले बालबालिका तथा लक्षित वर्गको संरक्षणमा प्रत्यक्ष जिम्मेवारी लिनुपर्ने बताएकी छन्।

बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले एनजीओ तथा नागरिक समाजले राज्यको जिम्मेवारीसमेत बहन गरिरहेको बताएकी छन् ।

उनले अरूलाई दोष दिनुभन्दा पहिला सरकारले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताइन् । राम्रा काम गर्ने एनजीओलाई नियन्त्रणभन्दा पनि सहकार्य र नियमित अनुगमन आवश्यक रहेको उनको भनाइ छ ।

उनले समाज कल्याण मन्त्रालयको सम्पत्ति तथा स्रोतको प्रभावकारी उपयोग हुन नसकेको बताइन् । उनले भनिन्, ‘हामीलाई अरूलाई दोष दिन त आउँछ । तर जिम्मेवारी कति लिएका छौँ, भन्ने कुरा ठूलो हो । संविधानले दिएको अधिकार प्रयोग गरेर आईएनजीओ, एनजीओले काम गरिरहेको छ । एनजीओमा ३५ वर्ष काम गर्ने मान्छे पनि म नै हो, अरूलाई दोष दिनुभन्दा पहिला गभर्मेन्टले जिम्मेवारी लिनु पर्‍यो ।’