‘जय नेपाल पार्टी’ को राजनीतिक मार्गचित्र र प्राथमिकताहरू कस्ताे छ ?


काठमाडौं । राप्रपाबाट अलग भएर ‘जय नेपाल पार्टी’ गठन गरेका डा. धवल शम्शेर राणाले आफ्नो पार्टीको राजनीतिक मार्गचित्र र प्राथमिकताहरू सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगमा गत साउन २९ गते विधिवत दर्ता भएपछि बसेको पार्टीको पहिलो केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरू सार्वजनिक गर्दै पार्टीले आफ्नो मुख्य लक्ष्य ‘सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्र’ रहेको स्पष्ट पारेको हो ।

पार्टीले नेपाललाई हिन्दू, बौद्ध र किराँतसहितको सनातन अधिराज्यको रूपमा पुनस्स्थापना गर्ने संकल्प गरेको छ । त्यसैगरी, राष्ट्रिय एकता र राष्ट्र रक्षकको भूमिकामा रहने गरी संवैधानिक राजसंस्थाको आवश्यकतामा जोड दिएको छ ।

राणा नेतृत्वको पार्टीका प्राथमिकता र प्रतिवद्धताहरुः

१) ‘नेपाल पहिलो’ भन्ने राष्ट्रियमान्यता र सनातन सभ्यता राष्ट्रिय गौरवका आधारशिला हुन् ।

२) नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान, इतिहास, सभ्यता, संस्कृति, परम्परा र राष्ट्रिय एकताको संरक्षण, संवद्र्धन र प्रवर्द्धन गर्न हामीप्रतिबद्ध छौं ।

३) राष्ट्रियता, देशभक्ति, राष्ट्रवाद, प्रजातन्त्र, उदारवाद,उत्पादनमुखी प्रतिस्पर्धात्मक मिश्रित अर्थतन्त्रमा आधारित जनकल्याणकारी राज्यशान्ति र समृद्धिका आधार हुन् ।

४) संवैधानिक राजसंस्थासहितको प्रजातान्त्रिक शासन प्रणालीमा हिन्दु बौद्ध किराँत सहितको सनातन अधिराज्यपुनःस्थापना गर्न दृढसंकल्पित छौं ।

५) नेपालको राष्ट्रियहित, राष्ट्रिय सुरक्षा, असंलग्न परराष्ट्र नीतितथाविश्वशान्तिप्रतिको प्रतिबद्धता सुदृढ गर्दै सम्मानित अन्तर्राष्ट्रिय सम्बन्धविकास गर्ने हाम्रो लक्ष्य हो ।

६) विज्ञान, नवप्रवर्तन, प्रविधिविकास, डिजिटल सुशासन तथा ज्ञानमा आधारित अर्थतन्त्रको प्रवर्द्धन गर्दै सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउनेछौं ।

७) भ्रष्टाचार, दण्डहीनता, गरिबी, विभेद, अपराधीकरण र सबै प्रकारका अन्यायन्यूनीकरणगर्दैअवसरसम्पन्न, रोजगारमुखी, स्थिर, समृद्ध र आत्मनिर्भर नेपालनिर्माणमा योगदान पुर्‍याउन संकल्पित छौं ।

८) नेपालको संस्कृति, परम्परा, सनातन सभ्यता, सहिष्णुता, परम्परागतज्ञान, नैतिकमान्यताको संरक्षण, संवद्र्धन तथा पुस्तान्तरणगर्दै नयाँ पुस्तातथाभावी पुस्तामा सभ्यतागतविरासत सुरक्षित हस्तान्तरण गर्ने हाम्रो अठोट हो ।

९) जल, जमिन, जंगल, जडीबुटी, उद्योग, कृषि, पर्यटनमालगानी र विकास गरी आर्थिक समृद्धितथा रोजगारी सिर्जना गर्न हामीक्रियाशील रहनेछौं ।

१०) निःशुल्क गुणस्तरीय शिक्षा, स्वास्थ्य, सीप विकासबाटयुवाहरूलाई शिक्षा र विकासको अवसर प्रदान गर्न प्रतिबद्ध छौं ।

११) युवाको नेतृत्व, महिला सशक्तीकरण, उद्यमशीलता, सीप, अनुसन्धान, सिर्जनशीलतातथा राष्ट्रियविकासमा अर्थपूर्ण सहभागिता प्रबर्द्धन गर्न संकल्पित छौं ।

१२) वातावरण संरक्षण, प्राकृतिक स्रोतको दिगो उपयोग तथाजलवायु उत्तरदायीविकासमार्फत वर्तमान तथा भावी पुस्ताप्रति राष्ट्रिय दायित्व निर्वाह गर्नेछौं ।