काठमाडौं । काठमाडौं उपत्यकाबाट विस्थापनमा परेका अर्का एक भूमिहीन सुकुम्बासीले पनि आत्महत्या गरेका छन्।
करिब चार महिना अघि सरकारले काठमाडौंको शान्तिनगर (गैरीगाउँ) सुकुम्बासी बस्तीमा डोजर चलाएपछि टिकाथलीमा डेरा गरी बस्दै आएका करिब ५० वर्षीय चम्बरबहादुर नेपालीले आत्महत्या गरेका हुन्।
सरकारले घर भत्काइदिएपछि २५ हजारको राहत लिएर उनी डेरामा बस्दै आएका थिए। परिवारमा श्रीमती र छोराछोरीसहित सात सदस्य थिए।




प्रतिक्रिया