राष्ट्रपतिसँग युरोपियन सङ्घकी राजदूत लोरेन्जोकाे शिष्टाचार बिदाइ भेट


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपियन सङ्घकी राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार बिदाइ भेट गरेकी छन् ।

बिहीबार राष्ट्रपति भवन महाराजगन्जमा भेट भएको हो।

भेटका क्रममा नेपाल र युरोपियन सङ्घबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

सो अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा युरोपियन सङ्घकी राजदूत लोरेन्जोलाई बधाई समेत दिएका छन्।