गरिमाको न्याय माग्दै सडकमै बसे आमा-बुबा


बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको आज पाँच दिन भएको छ ।

गरिमाका लागि न्याय माग्दै उनका परिवारले सडकमै धर्ना दिएको तीन दिन भयो । बिहीबार राति प्रशासनले स्थानीय ब्यक्तिहरूसँग सहमति गरेको थियो ।

मृतकका परिवारले आफूहरूको अनुमति बिना गरिएको सहमति मान्य नरहेको भन्दै सडकमै धर्ना दिइरहेका छन् ।

मृतक गरिमाका बाबु मनोज चौधरीले गृहमन्त्री सुधन गुरुङ र कानुन मन्त्री सोबिता गौतम आएर नेपालको कानुन संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने माग राखेका छन् ।

आफ्नी नाबालिका छोरीको बलात्कारपछि भएको क्रूर हत्याका अपराधीले मृत्यु दण्ड नपाएसम्म आफूहरूले न्यायको अनुभूति गर्न नसक्ने उनको भनाइ छ ।