काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा केहीबेरमा सुरु हुँदैछ । अहिले बैठकमा सहभागी हुनका लागि नेताहरू वनस्थलीस्थित घण्टी घरमा पुगेका छन् ।
नेताहरु आउने क्रम जारी रहेपनि पार्टी सभापति रवि लामिछाने लगायतका नेताहरू भने घण्टी घरमा पुगिसकेका छन् ।
महामन्त्री विपिनकुमार आचार्यका अनुसार आजको बैठकमा पार्टीका दस्तावेज, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम तथा अभियान लगायतका विषयमा छलफल हुने कार्यसूची छ ।




प्रतिक्रिया