काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले भृकुटीमण्डप क्षेत्रको छड्के अनुगमन गरेकी छन् ।
मन्त्री बादीले आज समाज कल्याण परिषद्को टोलीका साथमा भृकुटीमण्डप क्षेत्रको अनुगमन गरेकी हुन् ।
अनुगमन गर्दै मन्त्री बादीले भृकुटीमण्डपलाई व्यवस्थित, सुरक्षित, स्वच्छ, हरित, समावेशी तथा नागरिकमैत्री सार्वजनिक केन्द्रका रूपमा विकास गर्न आवश्यक अध्ययन अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।
उनले परिसरमा रहेका संरचना तथा क्षेत्रको उपयोग, व्यवस्थापन, व्यापार तथा सेवा सञ्चालनको अवस्था, आम्दानी तथा त्यसबाट राज्य र नागरिकले प्राप्त गरिरहेको लाभका विषयमा सम्बन्धित अधिकारी तथा व्यवस्थापन पक्षसँग जानकारी लिएकी थिइन् ।
राजधानीको केन्द्रमा रहेको महत्वपूर्ण सार्वजनिक सम्पत्तिका रूपमा रहेको भृकुटीमण्डपलाई वर्तमान स्वरूपमै सीमित नराखी उपलब्ध क्षेत्र तथा संरचनाको अधिकतम सदुपयोग हुने गरी विकास गर्नुपर्नेमा मन्त्री बादीले जोड दिएको उनको निजी सचिवालयले जनाएको छ ।




प्रतिक्रिया