काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद चर्किएको छ । संस्थापन पक्षले पूर्वनिर्धारीत मितिमै १५ औँ महाधिवेशन गर्ने भन्दै कार्यतालिका सार्वजनिक गरिसकेको छ भने संस्थापनतर समुहले महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।
यसैबेला निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबिच भेटवार्ता भएको छ ।
शुक्रबार बिहान १० बजे देउवा निवास चुनदेवी पुगेर नेता डा.कोइरालाले सभापति देउवासँग करिब आधा घण्टा संवाद गरेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
भेटमा पार्टीको पछिल्लो आन्तरिक राजनीति र आसन्न महाधिवेशनको विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो ।




प्रतिक्रिया