काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रवक्तामा जगदीश खरेल मनोनित भएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेको प्रस्तावमा उनलाई प्रवक्तामा मनोनित गरेको हो ।
बैठकबाट कोषाध्यक्षमा डा. मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहमहामन्त्रीमा पुरुषोत्तम यादव, सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरी मनोनित भएका छन्।
त्यस्तै, आजको बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनित गरेको छ। एक उपसभापति, एक महामन्त्री ,एक सहमहामन्त्री अझै मनोनित हुन बाँकी छ।




प्रतिक्रिया