काठमाडौं । रास्वपाले केन्द्रीय सदस्य प्रमोद न्यौपानेलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले न्यौपानेलाई संगठन विभाग प्रमुख मनोनीत गरेको हो।
पूर्वकोषाध्यक्ष तथा सांसद लीमा अधिकारीलाई अर्थ विभाग प्रमुखमा अनुमोदन गरिएको नेता मनिष झाले जानकारी दिए ।
प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी अहिले महामन्त्री विपिन आचार्यले नै सम्हालेका छन् । प्रशिक्षण विभागको उपप्रमुख सांसद कमल सुवेदीलाई मनोनीत गरिएको छ।




प्रतिक्रिया