देउवा र खड्काले पेश गरेको रिट सर्वोच्चमा भएन दर्ता


काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको रिट सर्वोच्च अदालतमा शुक्रबार दर्ता भएन । पार्टीको १५ औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै दायर रिट दर्ता नभएको हो ।

देउवा र खड्काले छुट्टाछुट्टै शुक्रबार पेश गरेको रिटमा अध्ययन नसकिएको भन्दै सर्वोच्च प्रशासनले दर्ता नगरेको बुझिएको छ ।

निकटस्थ स्रोतका अनुसार शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश डा.मनोज शर्मा र मुख्य रजिस्टार विमल पौडेल थिएनन् । महत्त्वपूर्ण रिट रहेको र प्रशासनको प्रमुख र प्रधानन्यायाधीश नै नभएकाले दर्ता नगरिएको स्रोतले बतायो ।