काठमाडौं । राजसंस्था पुनःस्थापनाको पक्षमा ८० प्रतिशत नेपालीको हस्ताक्षर जुटाउने अभियानलाई प्रभावकारी बनाउन शाही युवा शक्ति, नेपालले केन्द्रीय कार्यसमिति विस्तार गरेको छ।

अभियानका केन्द्रीय अध्यक्ष पशुपति खड्काले अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विधानबमोजिम विभिन्न जिल्लाका प्रतिनिधिहरूलाई केन्द्रीय पदाधिकारी तथा सदस्यको जिम्मेवारी दिइएको हो ।

अध्यक्ष खड्काका अनुसार अभियानको मुख्य उद्देश्य राजसंस्थाको पक्षमा जनमत निर्माण गर्दै देशभरबाट ठूलो संख्यामा नागरिकको हस्ताक्षर संकलन गर्नु हो।

हालसम्म करिब १७-२० लाख नेपालीले राजसंस्थाको पक्षमा हस्ताक्षर गरिसकेको अध्यक्ष खड्काले दाबी गरे ।

उनका अनुसार ८० प्रतिशत नेपालीको हस्ताक्षर संकलन गर्ने लक्ष्यसहित अभियानलाई देशभर थप विस्तार गरिएको हो । हाल देशका ६५ जिल्लाको विभिन्न टोल र गाउँबस्तिमा हस्ताक्षर अभियान सन्चालन भइरहेको छ ।

खड्काले अभियानमा युवाको सहभागिता बढ्दै गएको बताउँदै आगामी दिनमा देशका विभिन्न जिल्ला तथा स्थानीय तहसम्म पुगेर हस्ताक्षर संकलनलाई तीव्रता दिने बताए।

विश्वभर छरीएर रहेका हरेक नेपालीले अभियानमा हस्ताक्षर गर्न मिल्नेगरि स्क्यानको व्यवस्थासमेत गरिएको छ ।
खड्का संस्थापक केन्द्रिय अध्यक्ष हुन् । उनी २०६७ साल देखि नै सक्रिय रूपमा अभियानमा लागिरहेका छन् ।




प्रतिक्रिया