पोखरा। बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई न्यायको माग गर्दै पोखरामा पनि प्रदर्शन भएको छ ।
शनिबार चौधरीलाई न्याय माग्दै युवा युवतीहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसहित मानवअधिकार चोकमा प्रदर्शन गरेका छन् ।
त्यस्तै काठमाडौँका विभिन्न स्थानमा पनि आज गरिमाको लागि न्याय माग्दै विरोध प्रदर्शन गरिएको छ ।
यस्तै वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियानका संयोजक ऋषि धमलाले बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई बालक वा नाबालकको नाममा उन्मुक्ति दिन नहुने बताए । ‘बलात्कारी नाबालक हुँदैन। सरकारले यस्तो जघन्य अपराध गर्ने दोषीलाई कडा भन्दा कडा सजाय दिनुपर्छ।,’ धमलाले आक्रोशित हुँदै भने।
धमलाले बलात्कार तथा हत्या जस्ता जघन्य अपराध नियन्त्रणका लागि संविधान र कानुन संशोधन गरेर भए पनि फाँसिको सजायको हुनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया