काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन शाह नेतृत्वको सरकार ५ वर्ष नटिक्ने दाबी गरेका छन् । सनिबार नगरकोटमा भएको जनसङ्गठन समन्वय संयन्त्र कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो बताएक हुन् ।
दरबार छोडाएर गणतन्त्र ल्याएका शक्ति भएकाले कसैसँग नडराउने बताए । उनले भने, ‘यो कुन शक्तिको आडभरोसामा चलेको छ मतलब छैन । यी तत्त्वहरूसँग हामी डराउँदैनौँ। डराउनुहुन्न । यो सरकार तपाईँहरूलाई भन्दिएँ, पाँच वर्ष कुनै हालतमा जाँदैन । हाटहुट, लाटलुट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर, जेसुकै गरेर, बाकस साटेर ल्याएर, बहुमत ल्याएको देखाइयो। बहुमत आयो भन्दैमा पाँच वर्ष लुटमार गर्न दिएको हो र ?’
उनले रास्वपालाई भोट हालेर बहुमत दिएकोप्रति जनतालाई पश्चात्ताप भइसकेको पनि बताए।




प्रतिक्रिया