सरकारसँग छलफल गर्न गृह मन्त्रालयमा गरिमाका आमा–बुवा


काठमाडौँ । बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवालाई काठमाडौं ल्याएका छन् ।

उनीहरूलाई सरकारसँग छलफल गर्न केहीबेर अगाडि गृह मन्त्रालय पुर्‍याइएको हाे ।

गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा छलफल हुन लागेको स्राेतले बतायाे । छलफलमा सहभागी हुन कृषिमन्त्री गीता चौधरी पनि पुगेकी छिन् ।

शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताको साथमा काठमाडौं ल्याइएको हो ।